नियम ५२
व्यवसायजन्य रोगको सूची निर्धारण तथा क्षतिपूर्ति
: (१) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी ऐनको दफा ८२ को उपदफा (१) बमोजिमको व्यवसायजन्य रोगको सूची तोक्नेछ।
(२) कुनै श्रमिकलार्इ उपनियम (१) बमोजिमको कुनै व्यवसायजन्य रोग लागेको हो वा होर्इन भन्ने कुराको विवाद भएमा सम्बन्धित श्रमिकले सो यकिन गर्नको लागि कार्यालयमा निवेदन दिन सक्नेछ।
(३) उपनियम (२) बमोजिम निवेदन परेमा वा कुनै श्रमिकलाई लागेको रोग व्यवसायजन्य रोग हो वा होइन भन्ने सम्बन्धमा विवाद उत्पन्न भएमा नेपाल सरकारले अन्तर्राष्ट्रिय श्रम सङ्गठनको मापदण्डलाई आधार मानी विशेषज्ञ चिकित्सकको समिति गठन गरी त्यस्तो समितिबाट प्राप्त प्रतिवेदनको आधारमा आवश्यक निर्णय लिनेछ।
(४) उपनियम (३) बमोजिम कुनै श्रमिकलार्इ व्यवसायजन्य रोग लागेको ठहर भएमा त्यस्तो श्रमिकलार्इ रोजगारदाताले दिनु पर्ने उपचार खर्च र क्षतिपूर्तिको रकम निर्धारण गर्ने तथा त्यस्तो रकम उपलब्ध गराउने सम्बन्धी अन्य व्यवस्था मन्त्रालयले तोके बमोजिम हुनेछ।